• २०८१ असार १७ सोमबार

बाग्लुङमा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए

kharibot

फाइल तस्बीर

बाग्लुङ । बाग्लुङको गलकोट नगरपालिका-८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।

बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालय बाग्लुङले जानकारी दिएको छ । प्रहरीले दुवैको मृत्यु भएको र उनकी बुहारी र नाति घाइते भएको बताएको छ । 

यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ। यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ। कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै