• २०८१ असार १५ शनिबार

पोखराको चाउथेमा सडक भासियो

kharibot

फाइल तस्बीर

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ ।

पृथ्वी राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा महानगरपालिका वडा नं-१४ चाउथे आनन्द टोलस्थित घट्टे कुलोमा पानीको बाहव बढेपछि पृथ्वी राजमार्ग सडकखण्ड भासिएको हो ।

अविरल वर्षाले सडक भासिएपछि पृथ्वी राजमार्ग भएर हिँड्ने सवारी साधन प्रभावित भएका छन् ।

सडक अहिले एकतर्फी खुलाइएको जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार सडकको दायाँ भाग अन्दाजी ५ मिटर लम्बाई, र १.५ मिटर चौडाइ सडक घट्टे कुलोको पानीले काटेर भत्काएको प्रहरीले जनाएको छ । उक्त स्थानदेखि करिब १० मिटर अगाडिको सडक खण्डमा दायाँतर्फको करिब ७ मिटर लम्बाइ र करिब १ मिटर चौडाइ भासिएको शर्माले बताए । 

सडक एकतर्फी सुचारू रहेको र अन्य मानविय क्षति नभएको बताएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै