• २०८१ असार १२ बुधबार

झोलुङ्गे पुलमा अड्किएका ११ खच्चडको उद्धार, दुईको मृत्यु

kharibot

अछाम । कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । दुई खच्चडको भने मृत्यु भएको छ । 

अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्कीजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चड पुलको बीच भागमा अड्किएका थिए। खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछाम प्रहरीले जानकारी दिएको छ । 
पुलको जाली काटेर उद्धार गर्ने क्रममा दुई खच्चडको मृत्यु भएको छ भने बाँकीको डुङ्गाको सहायताले जीवितै उद्धार गरेको प्रहरीले जनाएको छ । 

खट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए । पुलको दाहिने तर्फको भाग पुरै बाङ्गो भएको छ । अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी उद्धारमा खटिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै