• २०८१ असार १२ बुधबार

नेपाल डिस्टिलरिजलाई प्रतिष्ठित आइडब्लुएससीमा तीन मेडल

kharibot

काठमाडौं । नेपालको पहिलो र अग्रणी डिस्टिलरी, द नेपाल डिस्टिलरीज प्रा. लि. ले स्पिरिट उत्पादनमा आफ्नो विश्वव्यापी स्तर र परिचय कायम गर्दै ३ प्रतिष्ठित पदक (मेडल) हरू हासिल गरेको छ ।

‘इन्टरनेस्नल वाइन एन्ड स्पिरिट्स कम्पिटिसन’ अवार्ड २०२४, डिस्टिलरीको तीन मुख्य उत्पादनहरूले एक सिल्भर(रजत) र दुई ब्रन्ज(कांस्य) मेडल प्राप्त गरेको हो । ‘आइ डब्लु एस सि’ अवार्ड, एक विश्वव्यापी वाइन तथा स्पिरिट प्रतियोगिता हो, जसले सन् १९६९ देखि विश्वभरका उत्कृष्ट स्पिरिटहरू पहिचान तथा पुरस्कृत गर्दै आएको छ । 

द नेपाल डिस्टिलरिजको सबैभन्दा पुरानो र लोकप्रिय उत्पादन ‘खुकरी XXX रम’ ले ८८ अंकसहित ‘ब्रन्ज मेडल’ प्राप्त गरेको छ । मौलिक नेपाली स्वादसहितको ‘खुकरी स्पाइस्ड रम’ लाई ८९ अंकसहित ‘ब्रन्ज मेडल’ प्रदान गरिएको छ । साथै, अर्को उत्पादन ‘न्युड सुपेरियर भोड्का’ ले ९१ अंकसहित ‘सिल्भर मेडल’ हासिल गरेको छ । ‘आइ डब्लु एस सि’ को नौ-सदस्यीय निर्णायक प्यानलमध्ये ग्लोबल रम एम्बेसेडर इयान बरेल पनि सहभागी थिए । उनी हाल नेपालमा खुकुरी रम उत्पादन-शील्प तथा अद्वितीय स्वादको पहिचान गर्दै नेपाली रम-संस्कृतिका निम्ति प्रबर्द्धनात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम गरिहेका छन् ।

द नेपाल डिस्टिलरिज प्रा.लि.का महाप्रबन्धक सुभास लामिछानेले अवार्डबारे उत्साह जनाउँदै भने, “द नेपाल डिस्टिलरीजको स्थापनाकालदेखि नै हामीले प्रिमियम स्पिरिट उत्पादनका लागि उच्चकोटीको सामग्री, उच्चस्तरको प्रक्रिया, अत्याआधुनिक प्रविधि, र उत्कृष्ट उत्पादन-शील्पको निरन्तर उपयोगमा समर्पित छौँ । यो प्रतिष्ठित अवार्डले हाम्रो यही लगाव र कुशलतालाई मान्यता दिएको छ र विश्वमाझ नेपाली स्पिरिटको गुणस्तरलाई चिनाउने माध्यम बनेको छ । यसले हामीलाई उत्साहित त बनाएको छ नै, साथै विश्वस्तरको स्पिरिट उत्पादन गर्ने हाम्रो भिजनमा दृढ रहन अझै प्रेरणा दिएको छ । हामी हाम्रो विश्वभरका सम्मानित ग्राहकहरूमाझ यो नयाँ उपलब्धीको खुसी सहित आभार व्यक्त गर्न चाहन्छौँ जसको निरन्तर साथ र दोहोरो प्रतिक्रिया हाम्रो उत्पादनको सफलताको लागि अपरिहार्य थियो ।”

सन् १९५९ मा पहिलो पटक उत्पादन भएको खुकरी XXX रमले आफूलाई ‘ओरिजिनल हिमालयन रम’को रूपमा स्थापित गरेको छ । उपभोक्ताहरूमाझ स्वादको लागि लोकप्रियता पाउनुका साथै, खुकुरी XXX रम हरेक पल, उत्सव, र कथाको एक रोचक हिस्साको रूपमा रहिआएको छ । साथै, सन् २००८ मा सार्वजनिक गरिएको ‘खुकरी स्पाइस्ड रम’ सांस्कृतिक उत्सवलगायतको अवसरमा उत्कृष्ट रोजाई बनेको छ । सन् २०२२ मा ‘न्युड सुपेरियर भोड्का’, सार्वजनिक गरिएको थियो जुन आफ्नो ‘बोल्डनेस’, ‘ओरिजिनालिटि’ तथा ‘कन्फिडेन्स’ मा विश्वास गर्ने युवा जमात र नयाँ पुस्तामाझ सुहाँउदो रोजाईको रूपमा स्थापित भयो ।

द नेपाल डिस्टिलरिजले विगत ६ दशकदेखि नेपाली मदिरा उद्योगमा ‘डोमेस्टिक स्पिरिट’ खण्डको बजारको मुख्य हिस्सा ओगट्दै आएको छ । नेपाल बाहेक अन्तर्राष्ट्रिय माग र मान्यता सहित, हाल विश्वका विभिन्न देशहरूमा उत्पादनहरू वितरण गर्दछ । ‘आइ डब्लु एस सि’ अवार्ड २०२४ को जितले डिस्टिलरिको उत्कृष्टता र गुणस्तरमा सम्झौताहीन  प्रतिबद्धता पुन: पुष्टि भएको छ । द नेपाल डिस्टिलरिज, विश्वभरका पेय(स्पिरिट) पारखीहरूलाई डिस्टिलरिजद्वारा उत्पादित उत्कृष्ट नेपाली स्पिरिटहरूको आनन्द लिन आव्हान गर्दछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै