• २०८१ असार ७ शुक्रबार

हमासको कैदबाट इजरायलका ४ बन्धक मुक्त

kharibot

काठमाडौँ । इजरायलले हमासको कैदबाट ४ जना बन्धकलाई मुक्त गरेको छ ।

इजरायलले शनिबार आफ्नो सेनाले गाजाको नुसिरत क्षेत्रमा गोलीबारीका बीच यो कारबाही गरेको दाबी गरेको छ । इजरायलीहरूलाई मुक्त गर्ने अभियानमा ५० प्यालेस्टाइनीको मृत्यु भएको मिडिया रिपोर्टमा बताएको छ । उद्धार गरिएका बन्धकहरूमा नोआ अर्गामानी नामकी २५ वर्षीया युवती पनि छन्, जसलाई हमास लडाकुहरूले जबरजस्ती मोटरसाइकलमा लगेर लगेका थिए ।

अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि नोआको भिडियो भाइरल भएको थियो । नोआ बाहेक तीन युवा हमासको बन्दीबाट मुक्त भएका छन् ।

इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले बन्धकहरूलाई उद्धार गर्ने अभियान निकै कठिन र जोखिमपूर्ण रहेको बताए । हमासले इजरायली नागरिकहरूलाई मध्य गाजाको नुसिरत क्षेत्रमा दुई फरक ठाउँमा लुकाएर राखेको थियो । उनीहरुको रिहाईका लागि सेनाले जमिन, हवाई र समुद्रबाट आक्रमण गरेको थियो । उनीहरु हमासको अपहरणमा परेको २४६ दिनपछि रिहा भएका हुन् ।

इजरायलको वाईनेट मिडिया हाउसका अनुसार, प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री योभ गालान्टले बिहीबार साँझ मध्य गाजाको नुसिराटबाट चार बन्धकहरूलाई उद्धार गर्ने अभियानलाई अनुमोदन गरेका थिए । यसका लागि उनले युद्ध मन्त्रिपरिषद् र सुरक्षा मन्त्रिपरिषद्को बैठक पनि रद्द गरेका थिए । प्रधानमन्त्री नेतन्याहु आफैले शिन बेट सेक्युरिटी सर्भिसको वार रुमबाट यस मिसनको गतिविधिको बारेमा क्षण-क्षण जानकारी लिइरहेको बताइएको छ ।

इजरायलका रक्षामन्त्री योभ गालान्टले यसको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गाजा पट्टीबाट ४ जना बन्धकको रिहाइमा इजरायल निकै खुसी भएको लेखेका छन् । यसअघि इजरायलले फेब्रुअरीमा अपरेसनका क्रममा दुई जना बन्धकलाई उद्धार गरेको थियो । अहिलेपनि १२० जनाभन्दा बढीलाई हमासले बन्धक बनाएको बताइएको छ । उनीहरुको अवस्थाको बारेमा अहिलेसम्म स्पष्ट जानकारी उपलब्ध भएको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै