• २०८१ असार १२ बुधबार

संयुक्त राष्ट्र संघ अदालतको आदेश- रफाहमा इजरायलले आक्रमण तुरुन्त रोकोस्

kharibot

काठमाडौँ । संयुक्त राष्ट्र संघको सर्वोच्च अदालतले दक्षिण अफ्रिकाले ल्याएको इजरायल विरुद्धको मुद्दामा आफ्नो फैसला सुनाएको छ ।अदालतले इजरायललाई दक्षिणी गाजा शहर रफाहमा आफ्नो सैन्य कारबाही रोक्न आदेश दिएको छ ।

अदालतले आदेशमा भनेको छ- इजरायलले तुरुन्तै रफाहमा आफ्नो सैन्य आक्रमण र गाजामा प्यालेस्टिनी समूहलाई पूर्ण वा आंशिक रूपमा भौतिक विनाश ल्याउन सक्ने अन्य कुनै पनि कारबाही रोक्नुपर्दछ ।', अन्तर्राष्ट्रिय अदालतका अध्यक्ष न्यायाधीश नवाफ सलामले आदेश सुनाउदै भने । 

दक्षिण अफ्रिकाले मे १० मा इजरायल विरुद्धको नरसंहारको मुद्दामा थप उपायहरूका लागि तत्काल अनुरोध दायर गरेको थियो । 

त्यस्तै यस मुद्धामा नेदरल्यान्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतका न्यायाधीशहरूको प्यानल बसेको छ र यस्तै प्रकृतिको  मुद्धामा फैसला सुनाउने तयारी गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै