• २०८१ भदौ २३ आइतबार

सूर्य दर्शन सहकारीबाट गोर्खा मिडियामा साढे पाँच करोडभन्दा बढी रकम गएको प्रमाण समितिलाई प्राप्त

kharibot

काठमाडौं । सहकारी बचत रकम हिनामिनाको छानविनका लागि बनेको संसदीय विशेष समितिले सूर्य दर्शन सहकारीबाट गोर्खा मिडियामा साढे पाँच करोडभन्दा बढी रकम गएको प्रमाण प्राप्त गरेको छ ।

शुक्रबार बसेको बैठकमा उक्त प्रमाण प्राप्त भएको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।

बैठकपछि सभापति थापाले भने- 'गोर्खा मिडियामा गएको रकम चार करोड ८८ लाख ९ हजार दुई सय ७१ रुपैयाँ छ । अर्को चाहीँ २० लाख र ५० लाखमध्ये गोर्खा मिडियामा सिधै २० लाख र जीबी गुरुङ अफ कम्पनीमा गएको ५० लाख गरेर झण्डै साढे पाँच करोड सूर्यदर्शन सहकारीबाट गएको देखिन्छ ।'

आजको बैठकमा समितिले बागमती प्रदेशका सहकारी विभागका रजिष्टार राजेन्द्र प्रसाद पोखरेल, कानुन अधिकृत मनोजकुमार गुप्ता, विरगञ्ज महानगरपालिकाबाट सत्यराज घिमिरे, सहकारी शाखाका सुनिल कर्ण, लुम्बिनी प्रदेशबाट दर्ता अधिकृत भीम राज पोखरेल, पोखरा महानगरपालिकाबाट दीपक आचार्य र रजिष्टार अनिल कार्की, काठमाडौं महानगरपालिकाबाट विभागीय प्रमुख बलराम त्रिपाठी र ४० वटा सहकारीको अनुगमनको संलग्न भएका विज्ञ टीका कार्कीलगायतसँग छलफल गरेको थियो ।

त्यस्तै आजको बैठकमा सूर्यदर्शन, सानो पाइला, सुप्रिम, इमेज, सहारा, समानतालगायतका समितिको टिओआरको अनुसूचीमा संलग्न सहकारी संस्थाहरुसँग केन्द्रीत भएर छलफल भएको सभापति थापाले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै