• २०८१ भदौ २३ आइतबार

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ

kharibot

तनहुँ । ब्याँस नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट स्रोत नखुलेको नगद ११ लाख ६५ हजार रूपैयाँ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रोल्पा माडी गाउँपालिका-५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुसान केसी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.५७ प ७५०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै