• २०८१ जेठ ६ आइतबार

गण्डकीमा संबिधानमाथि ठाडो प्रहार भयो- काँग्रेस

kharibot

काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभामा मुख्य मन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा सभामुखद्वारा संविधानको मर्म र भावना तथा संसदीय पद्धति र अभ्यास विपरीत भएको असंवैधानिक कार्यको निन्दा र भत्र्सना गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै कांग्रेसले नेपालको संविधानको धारा १८८ को उपधारा ३ मा उल्लेख भए अनुसार तत्काल कायम रहेको सम्पूर्ण सदस्यको बहुमतबाट गर्नु पर्ने व्यवस्था हुँदाहुँदै ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सदस्यको मत चाहिनेमा सभामुखले ३० सदस्यको मत प्राप्त खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको घोषणा गर्नु नेपालको संविधानको मर्म र भावना तथा संसदीय शासन पद्धतिको आधारभूत मूल्य, मान्यता एवं संसदीय अभ्यास र परम्परा विपरीत गरिएको कार्य हो भन्ने नेपाली कांग्रेसको ठहर छ । 

कांग्रेसले उक्त कार्य संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र नेपालको संविधान माथि कै ठाडो प्रहार हो र यसले सर्वसत्तावादी चरित्रलाई उदाङ्गो पारेको टिप्पणी गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै