• २०८१ श्रावण १२ शनिबार

एकीकृत समाजवादीमा २१ सदस्यीय जम्बो पदाधिकारीको प्रस्ताव

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ सदस्यीय जम्बो पदाधिकारी बनाउने प्रस्ताव गरिएको छ ।

केन्द्रीय समिति बैठकमा उपाध्यक्ष बेदुराम भुसालले वरिष्ठ नेतासहित जम्बो पदाधिकारी बनाउने प्रस्ताव गरेका हुन् । प्रस्तावअनुसार, उपाध्यक्ष र सचिव ७-७ जना हुनेछन् भने उपमहासचिव ४ जना बनाउने प्रस्ताव गरिएको छ ।

अहिले एकीकृत समाजवादीमा तीन जना उपमहासचिव छन् ।  अहिले अभ्यासमा रहेको सम्मानित नेताको व्यवस्था भने हटाइएको छ । नेकपा एमालेबाट अलग भएर पार्टी बन्दा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सम्मानित नेताको पद दिइएको थियो ।

त्यस्तै केन्द्रीय समितिको संख्या चाहिँ घटाउने प्रस्ताव गरिएको छ । संशोधित विधान बमोजिम १९९ सदस्यीय केन्द्रीय समिति हुनेछ भने २५ सदस्यीय स्थायी कमिटी बन्नेछ । अहिले एकीकृत समाजवादीका करिब ३५० केन्द्रीय सदस्य रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै