काठमाडौं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने भएको छ ।
ललितपुरको गोदावरीमा जारी एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । यो प्रस्तावलाई प्रतिनिधिहरुले सहमति जनाएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानर राष्ट्रिय स्वाभिमानको रक्षाका लागि अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागेको पोखरेलले बैठकमा बताएका थिए ।
एमालेले सोमवार पार्टी स्थापनाको ७५औं वर्षगाँठको अवसरमा गोदावरीमै गर्ने विशेष कार्यक्रममा भण्डारीलाई सम्मान गर्ने भएको छ ।