• २०८१ बैशाख १८ मंगलबार

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

kharibot

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा अलावा सङ्घीय संसद्को अधिवेशनलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण प्रतिनिधिसभाको बैठक चल्न नसकेको बताए । 

सरकारले विजनेश नै नपाएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने “कांग्रेसले चल्न नदिएर हो ।” 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै