• २०८१ बैशाख १७ सोमबार

त्रिविका तत्कालीन उपकुलपति खनियासहित पदाधिकारीमाथि कारबाही गर्न सिफारिस

kharibot

काठमाडौँ । ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्राडा तीर्थ खनियामाथि कारबाही गर्न सिफारिस गरेको छ । खनियासहित त्रिविका तत्कालीन कार्यकारी परिषद्का पदाधिकारीहरूमाथि समेत कारबाही गर्न सिफारिस गरेको हो ।

कारबाही सिफारिसमा पर्नेहरूमा रेक्टर डा. सुधा त्रिपाठी, रजिष्ट्रार डिल्ली उप्रेती, विज्ञान संकाय डीन रामप्रसाद खतिवडा, कानुन संकाय डीन डा ताराप्रसाद सापकोटा, राजेन्द्र पौडेल र हरि पराजुलीमाथि कारबाही गर्न सिफारिस गरेको छ ।

प्रतिवेदनमा सम्बन्धन प्रक्रियामा त्रिविले उल्लंघन गरेको भन्दै आयोगले कारबाही सिफारिस गरेको छ ।

त्यस्तै तत्कालिन डीन प्रा. डा. प्रकाश सायमीलाई तत्कालिन उपकुलपति, रेक्टर र रजिष्ट्रारहरुबाट पटक पटक  दबाब दिएको कारणले राजीनामा दिन बाध्य पारेको आरोप लगाइएको छ । त्यस्तै निमित्त डीन प्रा. डा. विमलकुमार सिन्हालाई अनुचित दबाब दिएको प्रतिवेदनमा उल्लेख छ ।        

देशको जेठो र ठुलो विश्वविद्यालयको नेतृत्वका हैसियतले जिम्मेवारी एवम् उत्तरदायित्व बहन गर्नुपर्नेमा सो नगरी उपकुलपति, रेक्टर र रजिष्ट्रार जस्ता अति जिम्मेवार पदाधिकारीले पदअनुसारको काम, कर्तव्य पालना र आचरण नगरकाले पदमा राखिरहन उचित नभएकाले निजहरूलाई पदबाट अवकाश दिने र भविष्यमा सरकारी तथा अर्ध सरकारी लाभको पदमा नियुक्ति नगर्न आवश्यक निर्णय गर्न सरकारलाई सिफारिस गरेको थियो ।

त्यसैगरी आफ्नै विश्वविद्यालय र नेपाल सरकारको बदनाम हुने गरि सम्बन्धन दिएको, पदीय दुरुपयोग गरेको आरोप लगाइएको छ ।

आयोगले खनिया, त्रिपाठी र उप्रेतीलाई पदबाट अवकाश दिने र भविष्यमा सरकारी तथा अर्ध सरकारी लाभको पदमा नियुक्त नगर्न आवश्यक निर्णय लिने सिफारिस गरेको छ भने अन्य तीन जना पदाधिकारीलाई कार्यकारी परिषदको सदस्यबाट हटाउन सिफारिस गरेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै