• २०८१ बैशाख १८ मंगलबार

ई–सिगरेटले हृदयाघातको जोखिम १९ प्रतिशतले बढाउने

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ । चुरोटबाट निस्कने धुवाँले फोक्सोको क्यान्सर र हृदयाघातजस्ता गम्भीर रोग निम्त्याउन सक्छ ।

त्यसैले अहिले यो लालसाबाट पीडित मानिसहरूले चुरोटको विकल्पका रूपमा इ–सिगरेट प्रयोग गर्न थालेका छन् । यसलाई भ्यापिङ पनि भनिन्छ । युवाहरुमा यसको चलन तिव्र गतिमा बढिरहेको छ । ई–सिगरेटले स्वास्थ्यलाई नगण्य हानी पुर्याउने उनीहरुको तर्क छ । 

भर्खरै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ई–सिगरेटलाई अन्य सुर्तीजन्य पदार्थ जस्तै मानेर प्रतिबन्ध लगाउन विश्वका सबै देशसँग माग गरेको थियो । ब्राजिल, इरान र थाइल्याण्ड लगायत विश्वका ३४ देशमा ई–सिगरेट प्रतिबन्धित छ ।

पछिल्ला केही वर्षहरूमा, धेरै वैज्ञानिक अध्ययनहरूले ई-सिगरेटको खतराहरूको बारेमा चेतावनी दिएका छन् । हालै यस सम्बन्धमा अर्को अध्ययन गरिएको छ । अमेरिकन कलेज अफ कार्डियोलोजीले गरेको एक अध्ययनले ई–भ्यापिङले हृदयाघातको जोखिम १९ प्रतिशतले बढाउने देखाएको छ । युवाहरुमा यसको बढ्दो क्रेज र प्रयोग देखेर डब्लुएचओले चिन्ता व्यक्त गरेको छ ।

विश्वका धेरै देशहरूमा ई-चुरोट प्रतिबन्धित भए पनि, ग्लोबल एडल्ट टोबाकोको सर्वेक्षणले सम्पूर्ण विश्वमा ई-चुरोट प्रयोगकर्ताको संख्या कुल जनसंख्याको ०.०२ प्रतिशत रहेको देखाएको छ।

ई-सिगरेटलाई निकोटिन, ग्लिसरीन र स्वादले भरिएको मेसिन भन्न सकिन्छ । यसमा ब्याट्री जडान गरिएको छ, जसका कारण यो तरल पदार्थ तताएर वाफ र धुवाँमा परिणत हुन्छ । यो स्वादयुक्त धुवाँको रूपमा बाहिर आउँछ । पेपर रोल सिगरेटमा निकोटिन र टार हुन्छ । यो टार फोक्सोमा जम्मा हुन्छ, जसले क्यान्सर निम्त्याउन सक्छ । पहिले मानिसहरूले चुरोट पिउनु भन्दा भाप पिउनु सुरक्षित ठान्थे । मानिसहरूले धुम्रपान छोड्न सजिलो हुने आशामा भाप प्रयोग गरे, जबकि यो ठीक उल्टो भयो । धेरै सर्वेक्षणहरूले यसले विद्यार्थीहरूलाई धुम्रपानतर्फ अग्रसर गरिरहेको देखाएको छ ।

अमेरिकी सरकारको एक सर्वेक्षणअनुसार ठूलो संख्यामा विद्यालयका बालबालिकाले नयाँ स्वादका ई–सिगरेट प्रयोग गरिरहेका छन् ।          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै