• २०८१ बैशाख १८ मंगलबार

कांग्रेसले राखेको संसदीय दल गठनको माग अस्वीकार गर्छौं- रास्वपा

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसले राखेको माग अस्वीकार गरेको छ ।

सभामुखसँगको छलफलपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भावनामा जोडेर कसैलाई बलिको बोका बनाउन नपाइने भन्दै कांग्रेसले माग गरे अनुसारको संसदीय दलको गठनको माग आफुहरुले अस्वीकार गर्ने बताए ।

परियारले भोलिको बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धि विधेयक पेश गर्ने दाबि गरे ।

सहकारी प्रकरणमा समाधानसहितको प्रतिवेदन रास्वपाले यस अघि नै पेश गरेको बताउदै गृहमन्त्रीमाथि समिति बनाएर कारवाही गर्ने विषय मात्र सहकारी समस्याको समाधान नभएको उनले बताए ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै