• २०८१ बैशाख १८ मंगलबार

जनप्रदर्शन रोक्ने प्रयास नगर्न राप्रपाको सरकारलाई चेतावनी

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत्र २७ गतेको जनप्रदर्शनमा ५० हजारभन्दा बढीको सहभागिता हुने दाबी गरेको छ । आइतबार पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको सबै तयारी पूरा भएको जानकारी दिदै ५० हजारभन्दा बढीको सहभागीता हुने दावी गरेका हुन् ।

भृकुटीमण्डपबाट ११ बजेदेखि सुरु हुने जनप्रदर्शनले शहरका विभिन्न स्थानको परिक्रमा गरेर सभामा परिणत हुने उनले जानकारी दिए । अध्यक्ष लिङ्देनले आफूहरुको एजेण्डमा सहमत जनाउनेहरुलाई पनि प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।

राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र समेत बुझाएको थियो । जसमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने लगायतका रहेका छन् ।

अध्यक्ष लिङदेनले आफुहरुको यस जनप्रदर्शनलाई कमल थापा नेतृत्वको राप्रपा नेपालसहित अन्य दलले पनि समर्थ गरेको बताए । उनले आफूहरुको प्रदर्शनलाई रोक्न सरकारले निषेधाज्ञा जारी नगर्न चेतावनी दिदै त्यसो गरेमा राप्रपाले प्रतिकार गर्ने बताए । उनले प्रदर्शन शान्तिपूर्ण र अहिंसात्मक हुने बताउदै सरकारले जुलुसलाई रोक्ने र उत्तेजित बनाउने काम नगरोस भन्ने चेतावनी दिए । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै