• २०८१ बैशाख १८ मंगलबार

बागमतिमा राप्रपा तटस्थ बस्ने

kharibot

हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशमा तटस्थ बस्ने भएको छ ।

राप्रपाले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने प्रक्रियामा तटस्थ बस्ने भएको हो ।

सोमबार प्रदेशसभाको बैठकमा बोल्दै राप्रपा संसदीय दलका नेता उद्धव थापाले आफुहरुले सबै दलसँग समदुरीमा बस्ने बताउदै मतदान प्रक्रियामा तटस्थमा मतदान गर्ने बताएका हुन् ।

साथै थापाले यसको अर्थ सत्तामा जान खुट्टा उचाल्यो भन्ने नलगाउन आग्रह गर्दै १६ महिनामा मुख्यमन्त्रीले तीन पटक विश्वासको मत लिन लागेको व्यंग्य गरेका थिए ।

बागमती प्रदेशमा सभामुखसहित १३ सिट रहेको राप्रपा सरकार बाहिर रहेको छ ।

अहिले विश्वासको मतमाथि छलफल चलिरहेको छ र एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मतको पक्षमा मत दिने बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै