• २०८१ बैशाख १७ सोमबार

गृहमन्त्रीको नैतिकतामाथि कांग्रेसले आजपनि उठायो प्रश्न, प्रधानमन्त्री भागेको आरोप

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी आरोपित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि आज पनि प्रश्न उठाएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका प्रदीप पौडेलले ठगी आरोप लागेका र अनुसन्धानको दायरामा तानिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले उठाएका प्रश्नको जवाफ नदिएर प्रधानमन्त्री भागिरहेको बताएका हुन् । 

साथै संसदमा उठेका र ठगी आरोपमा उजुरी परेका लामिछानेलाई स्वार्थ बाझिनेगरी गृहमन्त्री बनाइएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा जवाफ दिनुपर्ने उनको माग छ ।

सांसद पौडेलले यस प्रकरणमा प्रधानमन्त्रीले कांग्रेसलाई चित्त बुझ्ने गरि जवाफ नदिएसम्म प्रश्न उठाइरहने बताएका छन् ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै