• २०८१ बैशाख ३१ सोमबार

राजेन्द्र पाण्डेको प्रश्न-प्रधानमन्त्रीको योभन्दा अनैतिकता के हुन्छ ?

kharibot

काठमाडौं। सत्तारुढ गठबन्धनमा आवद्ध एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पुरानो तोडेर नयाँ गठबन्धन बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य अनैतिक भएको टिप्पणी गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वास गर्नै नसकिने व्यक्ति रहेको भन्दै नयाँ गठबन्धन बनाउने कार्य अनैतिक भएको बताएका हुन् । 

‘फागुन १८ गते मैले प्रधानमन्त्रीसँग भेट गरेको छु । त्यही दिन व्यक्तिगत कामको सिलसिलामा जापान गएँ । दुई दिनपछि हेर्छु यहाँ त गठबन्धन बदलेको छ ।

चारवटा दलको हस्ताक्षर भएको छ । हामी एकीकृत समाजवादीको तर्फबाट यो देशमा पार्टीभित्रको व्यक्तिवादको विरुद्ध विद्रोह गरेर आफैँले बनाएको पार्टी तोडेर, विष पिएर तपाईंहरूलाई साथ दिएका थियौँ ।

तपाईंले बाढीले बगाएर ल्याएको मुढो छोडेझैँ छोडेर हिँड्नुभयो । योभन्दा अनैतिकता के हुन्छ ?,’ बैठकमा उनले प्रश्न गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै