• २०८१ बैशाख ३१ सोमबार

जानकारी बिना गठबन्धन भत्काइयो : राजेन्द्र पाण्डे

kharibot

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि विद्रोह गरेर जन्मिएको आफ्नो पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइकामा असन्तुष्टि प्रकट गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उनले सो कुरा बताएका हुन् ।

नेता पाण्डेले कामका लागि दैनिक सयौँ युवा विदेसिनुपर्ने बाध्यता रहेको र प्रभावकारी रुपमा सार्वजनिक सेवा प्रवाह हुन नसकेको उल्लेख गर्दै बेरोजगारी बढ्दा जनतामा निराशा बढेकोबारे सरकारको ध्यानाकर्षण गराए ।

संसद्बाटै बनेको कानुनका कारण मुलुकभरका नर्सिङ र मेडिकल कलेज बन्द हुने अवस्थामा रहेको उल्लेख गर्दै विद्यार्थी अध्ययनका लागि विदेसिनु परेको बताए ।

उनले जनताका कामका लागि बजेटमा सांसदको भूमिका बढाउन सरकारलाई सुझाव दिए ।

साथै उनले प्रधानमन्त्री दाहाललाई आफ्नो पार्टीले विश्वासको मत दिने जानकारी गराए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै