• २०८१ जेठ ६ आइतबार

प्रधानमन्त्रीले आज संसदमा प्रतिपक्षी दलहरुले उठाएका विषयको जवाफ दिदै

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विपक्षी दलका सांसदलगायत प्रतिनिधिसभा सदस्यले समसामयिक विषयमा उठाएका जिज्ञासाको जवाफ दिदै छन् ।

कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले सांसदका प्रश्नहरुको जवाफ सदनमा दिन नसकेको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद् सचिवालयलाई पत्र पठाउँदै आजको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने बताएको हो । 

प्रतिनिधिसभाका पछिल्ला बैथ्खारुमा प्रतिपक्षी दलका सांसदहरुले विभिन्न प्रकरणमा मुछिएका तीन मन्त्रीको राजीनामा र मुलुकको समसामयिक विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि सभामुख देवराज घिमिरेले यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका थिए ।

एमालेसहितका प्रतिपक्षी दलले बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, टेरामिक्स काण्डमा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र भगवान गौतमबुद्धको अस्तु भएको रामग्राम क्षेत्र व्यावसायिक प्रयोजनमा भाडामा लगाउने सम्बन्धमा पनि अनियमिता भएको भन्दै संस्कति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सु्दन किरातीलाई बर्खास्त गर्नुपर्ने माग गरिरहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै