• २०८१ बैशाख १७ सोमबार

वाफको सेमिफाइनलमा समीकरण पुरा, नेपालको प्रतिद्वन्दी लेबनान

kharibot

काठमाडौँ । साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ ।

गएराती समुह बि का अन्तिम खेल सकिएसँगै सेमिफाइनलको समीकरण टुंगो लागेको हो ।

गएराती नेपालले समुह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

नेपालको जितमा सावित्रा भण्डारीले २ गोल गरेकी थिइन् । योसँगै सावित्राको नेपालका लागि अन्तराष्ट्रिय गोल संख्या ५२ पुगेको छ । त्यसैगरी नेपालका लागिओ रेखा पौडेल र गीता रानाले एक एक गोल गरेका थिए ।

यो जितपछि नेपाल समुह चरणमा तिनै खेलमा विजयी हुदै समुह विजेता बनेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै हारका बाबजुत प्यालेस्टाइन पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

अब नेपालले सेमिफाइनलमा लेबनानको सामना गर्ने छ । लेबनानले समुह ए मा ३ मध्ये २ खेल जितेको थियो । यो खेल मंगलबार राती नेपाली समय अनुसार १०: ४५ बजेदेखि शुरु हुने छ ।

त्यस्तै अर्को सेमिफाइनल खेल जोर्डन र प्यालेस्टाइनबीच हुने छ । यो खेल मंगलबार नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुने छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै