• २०८१ बैशाख १७ सोमबार

मधेस प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिदै

kharibot

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार विश्वासको मत लिँदैछन् । गत माघ ९ गते जनमत पार्टीले सर्मर्थं फिर्ता लिदै सरकारबाट बाहिरिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

मधेस प्रदेश सभाको बैठक आइतबार दिउँसो २ बजे बोलाइएको छ ।

जसपाका यादव २०७९ पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री बनेयता यादवले तेस्रो पटक विश्वासको मत लिँदैछन् ।

मधेसमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक रहन्छ । जसपासहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थन रहेकाले उनले सहजै विश्वासको मत पाउने देखिएको छ ।

मधेश प्रदेशमा नेपाली कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९–९ र एकीकृत समाजवादीका ७ जना सांसद छन् ।  त्यस्तै मधेसको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ र जनमत पार्टीका १३, राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १-१ सांसद रहेका छन् । त्यसैगरी प्रदेश सभामा तीन जना स्वतन्त्र सांसद रहेका छन् ।

यसअघि एमाले सरकारबाट बाहिरिएपछि गत जेठ ३० गते मुख्यमन्त्री यादवले दोस्रो पटक विश्वासको मत लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै