• २०८१ जेठ ६ आइतबार

अस्पतालबाट डिस्चार्ज भए मिथुन

kharibot

काठमाडौँ । बलिवुड अभिनेता मिथुन चक्रवर्ती अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मिथुन अस्वस्थ भएपछि गत शनिबार कोलकाताको एक निजी अस्पतालमा भर्ना गरिएको थियो ।

मिथुन सोमबार अस्पतालबाट डिस्चार्ज भएका छन् । साथै उनको स्वास्थ्यको बारेमा पनि फ्यानहरुलाई जानकारी गराइएको छ । शनिबार बिहान मिथुन चक्रवर्तीलाई छातीमा दुखाइ भयो, जसका कारण उनलाई कोलकाताको एपोलो अस्पतालमा भर्ना गरिएको थियो । मिथुनको त्यहाँ चिकित्सकको निगरानीमा उपचार भएको थियो । अस्पतालले विज्ञप्ति जारी गर्दै

मिथुनको स्वास्थ्यमा सुधार भइरहेको जनाएको छ । अस्पतालका एक वरिष्ठ अधिकारीले एमआरआई लगायतका धेरै परीक्षण गरिएको बताए । यसअघि नै उनको स्वास्थ्य अवस्थाबारे वरिष्ठ चिकित्सक र चिकित्सकले जानकारी दिएका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि मिथुनले आफु अहिले स्वस्थ भएको र चिकित्सकले खानपिनमा ध्यान दिन आग्रह गरेको बताएका छन् । साथै उनले छिटै फिल्मको शुटिंग शुरु गर्ने बताएका छन् ।

मिथुन अस्पताल भर्ना भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि टेलिफोन गरि जानकारी लिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै