काठमाडौँ । अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी (आईफा) को २५औं संस्करणमा रमेश सिप्पीको प्रसिद्ध फिल्म 'शोले' को विशेष स्क्रिनिङ आयोजना गरिने भएको छ ।
यस महोत्सवसँगै सिनेमा प्रेमीहरूको पुराना सम्झनाहरू ताजा हुनेछन् । आइफा आयोजकहरूले मार्च ९, आइतबार फिल्मको ५० वर्ष पूरा भएको उपलक्ष्यमा जयपुरको प्रसिद्ध राज मन्दिर सिनेमाघरमा फिल्मको विशेष प्रदर्शन आयोजना गर्ने निर्णय गरेका छन् ।
यस अवसरमा आईआईएफएका सह-संस्थापक आन्द्रे टिमिन्सले उत्साह व्यक्त गर्दै भने, 'आईआईएफए २०२५ केवल एक उत्सव मात्र होइन । यो समयको यात्रा हो, जयपुरको प्रतिष्ठित राज मन्दिरमा 'शोले' को ५० वर्षको सम्मान गर्दैछौं । हामी आईआईएफएको रजत जयन्ती पनि मनाइरहेका छौं । यसले सम्झनाहरू र सिनेमाको जादू मनाएर पुस्तादेखि पुस्तासम्मको हृदयलाई छोएको छ ।'
उनले शोले एउटा फिल्मभन्दा बढी भएको बताउदै यो एउटा भावना भएको बताए । उनले भने- शोलेको विरासतलाई सम्मान गर्ने राज मन्दिरभन्दा राम्रो ठाउँ के छ ? पाँच दशकभन्दा बढी समयदेखि चलचित्र प्रेमीहरूका लागि एउटा ऐतिहासिक थिएटर बनेको छ ।'
अमिताभ बच्चन, धर्मेन्द्र र अमजद खान अभिनित शेले फिल्म १९७५ मा रिलिज भएको थियो ।