• २०८१ बैशाख १७ सोमबार

दिपक र राजपुराले जिते वर्षको उत्कृष्ट खेलाडी अवार्ड

kharibot

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ– पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणको अवार्ड घोषणा गरिएको छ ।

यस अवार्ड कार्यक्रममा एथलेटिक्स खेलाडी दिपक अधिकारीले पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन् । त्यस्तै एथलेटिक्स खेलाडी राजपुरामा पछाईले पल्सर स्पोर्ट्स अवार्ड २०७९ को महिला वर्ष खेलाडीको अवार्ड जितेकी छिन् भने भारोत्तोलन प्रशिक्षक राजेन्द्रकुमार प्रधान पल्सर स्पोर्ट्स अवार्ड २०७९ को लाइफटाइम एचिभमेन्ट अवार्ड जितेका हुन् ।

त्यसैगरी नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनाल वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । खनालले एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङलाई पछि पार्दै उपाधि जितेका हुन् ।

त्यस्तै प्यारालिम्पिक खेलाडी मैंया विशुंखेले पारा एथ्लिट सम्मान पाएकी छन् । त्यसैगरी एथलेटिक्सका चन्द्र गुरुङले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड पाएका छन् । त्यस्तै टेबल टेनिसकी सिक्का सुवालले २०७९ को पिपल्स च्वाइस अवार्ड जितेकी छिन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै