• २०८१ बैशाख १७ सोमबार

घरेलु प्रतियोगिता छोडेर आइपिएलको तयारीमा लागेपछि बीसीसीआईको खेलाडीलाई चेतावनी

kharibot

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले रणजी ट्रफीमा सहभागी नहुने भन्दै वरिष्ठ खेलाडीलाई चेतावनी दिएको छ । खेलाडीहरुले घरेलु प्रतियोगिता खेल्नुको सट्टा आईपीएलको तयारीलाई प्राथमिकता दिएपछि बिसीसीआईले यस्तो चेतावनी दिएको हो ।

राष्ट्रिय चयनकर्तासँगको छलफलपछि बीसीसीआईले सबै खेलाडीलाई इमेल गरेर यस्तो चेतावनी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बोर्डले खेलाडीहरूलाई रणजी ट्रफीको अर्को चरणको खेल आफ्नो राज्यको टोलीबाट खेल्न आग्रह समेत गरेको छ।

क्रिकबजका अनुसार बीसीसीआईले सोमबार इमेल मार्फत खेलाडीहरुलाई चेतावनी दिएको थियो । राष्ट्रिय टोली र एनसीएमा नभएका खेलाडीले राज्यको टोलीसँग खेल खेल्नुपर्ने बोर्डले जनाएको छ । रणजी ट्रफीको अर्को राउण्ड १६ फेब्रुअरीबाट सुरु हुनेछ । यस राउन्डमा सबै खेलाडीहरूलाई राज्य टोलीमा सामेल हुन चेतावनी दिइएको छ । खेलाडी फिट भएर पनि रणजी खेल्न नआएमा कारबाही गरिने बोर्डले चेतावनी दिएको छ ।

क्रुणाल पाण्डेय, दिपक चहर, श्रेयस अय्यर र ब्रेकपछि फर्किएका इशान किशनले पनि आफ्नो राज्यको टोलीबाट खेल्नुपर्ने भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै