• २०८१ बैशाख २३ आइतबार

एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाइ

kharibot

काठमाडौँ । दुबईमा हुने एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाइ गरिएको छ । 

आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बैशाख १२ देखि १५ गतेसम्म युएईको दुबईमा हुने एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडी र प्रशिक्षकलाई बिदाइ गरेका छन् ।

सो च्याम्पियनसिपमा पुरुषतर्फको ८०० र १५०० मिटर दौडमा बादल कार्की, पुरुषतर्फको १०० र २०० मिटर दौडमा आदेशकुमार यादव, पुरुषतर्फको १५०० र ३००० मिटर दौडमा अजय विक सहभागी हुदै छन् । त्यस्तै महिलातर्फ १५०० र ३००० मिटर दौडमा कल्पना बुढाले भाग लिदै छन् ।

त्यस्तै खेलाडीसँगै प्रशिक्षकको रुपमा कान्ती महतो पनि जादै छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै