• २०८१ बैशाख १७ सोमबार

देउवाको असन्तुष्टि- सुन्ने मान्छे नहुदा पनि नेताले भाषण गरिरहन्छन्

kharibot

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरुले लामो भाषण गर्ने गरेको भन्दै व्यंग्य गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले भाषण सुन्ने मानिसहरु नहुदा पनि नेताहरुले भाषण गरिरहने भन्दै व्यंग्य गरेका हुन् ।

देउवाले भने- ‘के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ, हाम्रा साथीहरुलाई लामो बोल्नुपर्ने, सबैकुरा स्पष्ट सुनाउनु पनि छ । कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ ।’

साथै सभापति देउवाले अगाडी भने- 'एक जना बसेको हुन्छ । अनि धन्यवाद है तपाई त लास्टसम्म बस्नुभयो भन्छन् । तपाईको भाषण सुन्न होइन माइकका लिन आएको हो । माइक मैले दिएको हो भन्ने बेला छ ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै