• २०८१ बैशाख १७ सोमबार

डा. मिनेन्द्र रिजालको टिप्पणी- गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेक अरु काम गर्न सक्दैन

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेक अरु काम गर्न नसक्ने टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै डा. रिजालले जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरुबाट धेरै आशा गर्न नसकिने बताए ।

उनले अहिलेको गठबन्धनले ५ वर्षका लागि सम्झौता भएको भन्दै नेकपा एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन नसक्ने जिकिर गरे ।

गठबन्धनका शीर्ष नेताले सत्ता बाहेक बाँकी सत्य नदेखेको उनको भनाइ थियो । नेता रिजालले निर्वाचन प्रणाली बदल्नैपर्ने आवश्यकता रहेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै