• २०८१ जेठ ६ आइतबार

भारतले इङल्याण्डलाई दियो ३९९ रनको लक्ष्य

kharibot

काठमाडौँ । भारतले दोस्रो टेस्टमा इङल्याण्डलाई ३९९ रनको लक्ष्य दिएको छ ।

टेस्टको तेस्रो दिन भारत दोस्रो इनिंगमा २५५ रनमा अलआउट भएपछि इङल्याण्डले ३९९ रनको लक्ष्य पाएको हो ।

भारतका लागि दोस्रो इनिंगमा शुभमन गिलले १०४ रनको शतकीय पारी खेलेका थिए भने अक्सर पटेलले ४५ रन बनाएका थिए । त्यस्तै आर आश्विन र श्रेयस अय्यरले २९-२९ रन बनाएका थिए ।  त्यस्तै इङल्याण्डका बलर टम हार्टलीले ४ विकेट लिएका थिए भने रेहान अहमदले ३, जेम्स एन्डरसनले २ तथा शोयब बशीरले एक विकेट लिएका थिए ।

यस अघि भारतले पहिलो इनिंगमा १४३ रनको अग्रता पाएको थियो । भारतले पहिलो इनिंगमा ३९६ रन बनाएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा २५३ रन बनाएर अलआउट भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै