• २०८१ बैशाख १६ आइतबार

आयरल्याण्डले हासिल गर्यो टेस्ट क्रिकेटमा पहिलो जित

kharibot

काठमाडौँ । आयरल्याण्डले टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको छ ।

युएईमा जारी अफगानिस्तानसँगको एक टेस्ट खेलमा आयरल्याण्डले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको हो ।

अफगानिस्तानले दिएको १११ रनको लक्ष्य आयरल्याण्डले ४ विकेट गुमाउदै पुरा गरेको थियो ।

यस टेस्टमा अफगानिस्तानले पहिला ब्याटिंग गर्दै पहिलो इनिंगमा १५५ रन बनाएको थियो भने आयरल्याण्डले पहिलो इनिंगमा २६३ रन बनाएको थियो । त्यस्तै अफगानिस्तानले दोस्रो इनिंगमा २१८ रन बनाएको थियो ।

२०१८ मा टेस्ट खेल्ने मान्यता पाएको आयरल्याण्डले आठौँ खेलमा पहिलो जित हासिल गरेको छ । आयरल्याण्डले यसअघि २०१८ मा पाकिस्तानविरुद्ध पहिलो टेस्ट खेलेको थियो । आयरल्याण्डले अहिलेसम्म पाकिस्तान, अफगानिस्तान, इङल्याण्ड, श्रीलंका र बंगलादेशसँग टेस्ट खेल खेलेको छ ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै