• २०८१ बैशाख १५ शनिबार

चिसो बढेपछि विराटनगरका विद्यालय तीन दिन बिदा

kharibot

विराटनगर ।  शीतलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था बिदा दिने निर्णय गरेको छ ।

मंगलबार सूचना प्रकाशित गरी  महानगरले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको जानकारी गराएको हो ।

अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको महानगरले जनाएको छ। केही दिनयता विराटनगरसहित तराई क्षेत्रमा  शीतलहरूसँगै चिसो बढेको छ ।

‘चिसो तथा शीतलहरका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ भएको तथा स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै यस महानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण विद्यालयको पठनपाठन मिति २०८०/१०/०३ गतेदेखि २०८०/१०/०५ गतेसम्म बन्द गर्न निर्णयअनुसार जानकारी गराइन्छ,’ महानगरद्वारा प्रकाशित सूचनामा उल्लेख छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै