• २०८१ बैशाख १६ आइतबार

विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, ट्रकमा आगजनी

kharibot

विराटनगर । विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुहबी नगरपालिका-९ २५ वर्षीय नगेन चौधरी रहेका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल पुर्‍याउँदा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीले बताए ।

बरगाछी चोकस्थित कोशी राजमार्गमा कन्चनबारीबाट बरगाछीतर्फ आउँदै गरेको बा.प्र ३-००१ ख १४११ नम्बरको ट्रकले बाटो क्रश गर्दै गरेको को३६प २८८९ नं. को मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलको पछाडि सवार चौधरीकी भतिजी सोस्था चौधरी घाइते छिन्। उनको दुबै घुँडामा सामान्य चोट लागेको छ ।

दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन्। नेपाल प्रहरी र दमकलको सहायतामा आगो नियन्त्रणमा आएको थियो ।

ट्रकको अगाडिको भाग जलेर सामान्य क्षति भएको छ। ट्रक चालक जिल्ला चितवान  राप्ती नगरपालिका वडा नं. ११ का ४१ वर्षीय शेरबहादुर राई सामान्य घाइते छन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै