काठमाडौँ । गायन रियालिटी शो 'भ्वाइस अफ नेपाल' को सिजन पाँचको विजेता विनोद राई बनेका छन् ।
शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा सम्पन्न भएको फिनालेमा राइ विजयी भएका हुन् । उनी कोच मिलन नेवारको टिमबाट सिजन पाँचको उपाधि जित्न सफल भएका हुन् ।
यो जितसँगै उनले २० लाख नगद पुरस्कार जितेका छन् ।
त्यस्तै मकर महादुर योन्जन पहिलो रनर अप बनेका छन् भने कुमार प्रयास दोस्रो रनर अप र नोगेन लिम्बु तेस्रो रनर अप बनेका छन् ।