• २०८१ जेठ २ बुधबार

शाहरुख र सन्नी देओलको 'डर' फिल्मदेखिको दुश्मनी सकियो

kharibot

काठमाडौँ । बलिउड अभिनेता शाहरुख खान र सन्नी देओलबीच बर्षौं देखिको खराब सम्बन्धमा सुधार आएको छ ।

यी दुईबीचको विवाद १९९३ मा रिलिज भएको सुपरहिट फिल्म डर देखिको हो जुन अहिले १९ वर्षपछि टुङ्गिएको छ । वर्षौंको विवादपछि सन्नी देओलले हालै शाहरुख खानलाई आफ्नो फिल्म गदर–२ को सक्सेस पार्टीमा निम्तो दिएका थिए । शाहरुखले आफ्नो व्यस्त कार्यक्रमबाट समय निकालेर दुवैले एकअर्कालाई अँगालो हालेर आफ्नो मनमुटाव पखालेका छन् ।

हालै सन्नी देओलले पीटीआईलाई दिएको एक अन्तर्वार्तामा शाहरुखसँगको झगडा र कुराकानीको अन्त्यको बारेमा खुलेर कुरा गरेका छन् ।

सन्नीले भनेका छन्, ‘म शाहरुख खानलाई धन्यवाद दिन्छु । त्यतिबेला शाहरुख दुबईमा फिल्म जवानको प्रमोशनमा व्यस्त थिए, मैले उनलाई फोन गरे । मैले उनलाई फिल्म गदर–२ को सक्सेस पार्टीमा बोलाएको थिएँ । उनी आउछन जस्तो लागेको थिएन, तर उनले समय निकालेर सीधै मेरो पार्टीमा आए । हामी दुबैले एकअर्कालाई अँगालो हाल्यौं । पार्टीमा उनीसँग खुलेर कुरा गर्ने मौका पाइनँ, तर जतिबेला पनि कुरा गर्छौं, राम्रो हुन्छ भन्नेमा ढुक्क छु ।'

उनले थपे, ‘अभिनेताको हैसियतले हामीबीच धेरै कुरा हुन्छन् । हामी सानै थियौं, त्यो बेला अर्कै थियौं । तर समय बित्दै जाँदा हामी परिपक्क हुदै गयौं । हामीले जीवनको सत्यता बुझेका छौं । समयले सबै कुरा ठिक पार्छ । अहिले हामी मानसिक रूपमा सुरक्षित छौं । हामी आफु जवान हुदा जस्तो अहिले छैनौं, अहिले थाहा छ हामीले के गल्ती गर्यौं ।'

किन भयो शाहरुख–सनी झगडा ?

सन् १९९३ मा रिलिज भएको यशराज चोपडाको फिल्म डरमा शाहरुख खान र सनी देओल सँगै देखिएका थिए । फिल्ममा सनी नायक थिए भने शाहरुखले नकारात्मक भूमिका निर्वाह गरेका थिए । फिल्ममा शाहरुखलाई जसरी महत्व दिइयो त्यसबाट सन्नी दुखी थिए । जसका कारण यी दुईबीच झगडा भयो । सेटमा झगडापछि दुवैले एकअर्कासँग बोल्न छाडेका थिए र फेरि कहिल्यै सँगै काम समेत गरेनन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै