• २०८० फाल्गुण २० आइतबार

रुसी सेनामा कार्यरत कैलालीका एक जनाको मृत्यु

kharibot

काठमाडौं। रुसी सेनामा भर्ती हुन गएका कैलालीका एक जनाको मृत्यु भएको छ।

उनको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा कैलालीका भरतबहादुर शाह रहेका छन्।

उनीसँगै थप दुई जनाको पनि मृत्यु भएको छ। स्याङ्जाका हरिप्रसाद अर्याल र धार्दिङका राजकुमार गिरीको मृत्यु भएको हो।

योसँगै रुस–युक्रेन युद्धमा गएर मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ। परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ४ सम्ममा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको जनाएको। जसमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल छन्।

रुसी सेनामा भर्ती भएर युक्रेनी फौजले ४ जना नेपालीलाई कब्जामा लिएका छन्। उनीहरूलाई छुटाउने सम्बन्धमा परराष्ट्रले गृहकार्य गरिरहेको छ।

परराष्ट्रमन्त्री एनपी साउदीले रुसी सेनामा भर्ना भएकामध्ये एक सय जना सम्पर्कविहीन रहेको निवेदन आफूहरुलाई प्राप्त भएको सार्वजनिक रूपमै बताइसकेका छन्। 

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ना हुन नेपालका करिब २ सय जना भर्ना हुन गएको उल्लेख गरेका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै