• २०८१ जेठ ४ शुक्रबार

रातु नदीको उत्त्खननलाई लिएर चुरे विज्ञहरुको चिन्ता

kharibot

महोत्तरी । रातु नदीमा भएको उत्त्खननको बिषयमा चुरे बिज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् । पछिल्लो समय उत्त्खननको वैधतामाथी प्रश्न उठीरहेको बेला उनीहरुले गम्भिर चिन्ता व्यक्त गरेका हुन् ।

स्थानीय संचारकर्मीहरुले उत्त्खननस्थलमा पुगेर गरेको स्थलगत रिपोर्ट हेर्दा निक्कै भयाबह देखिएको बताउदै पर्यावरणविद डा. नागेन्द्र यादवले रातुको उत्त्खननको बिषयमा स्थानीय सरकार सचेत हुनुपर्ने वताए । केही दिन अघि भएको छलफलका विच अघिल्लो पटक उत्त्खननको क्रममा भएको क्षति हेर्दा अहिले भएको उत्त्खननको वैधतामाथी प्रश्न उठ्नु स्वाभाविक भएको उनको भनाई छ । 'चुरेमा पछिल्लो समय देखिएको पानीको अभाव दोहन नै मुख्य कारक हो भन्न सकिन्छ,' उनले भने ।

बिज्ञहरुको अनुसार आईई रिपोर्टमा नै शंका रहेको छ । सैद्दान्तिक रुपमा आईईको प्रक्रिया भयो कि भएन ? भन्ने बिषय खोजीको बिषय बन्नुपर्ने उनीहरुको जिकिर छ । २०७८ जेठमा गरिएको आईई रिपोर्टले हरेक खण्डवाट १२१५०० घनमिटर मात्र उत्त्खनन गर्न सकिने बताएको थियाे तर ठेक्केदार कम्पनिले उक्त समयमा सम्झौता भन्दा ७ गुणा वढी उत्त्खनन गरेको नगरपालिकाले नै प्रतिवेदन बनाएको थियो । नगरले बनाएको प्रावधिक नापजाँच उपसमितिले गरेको छानविनले सम्झौता भन्दा बढी १२ करोड बराबरको नदिजन्य पदार्थ निकालेको निष्कर्ष निकालेसँगै अहिले उक्त मुद्दा जनकपुर उच्च अदालतमा विचाराधीन अवस्थामा छ ।

बिज्ञहरुले यसैको आधारमा पनि आईई रिपोर्टमाथी आशंका गरेका हुन् । अर्का चुरे बिज्ञ डा. बिजय सिंहका अनुसार आईई रिपोर्ट मात्र उत्त्खननमा प्रधान नभएको बताउछन । नेपालका धेरैजसो ठाउँमा आईई रिपोर्टलाई नै देखाएर उत्त्खनन हुने गरेको बताउदै कतिपय त नक्कल मात्र गरेर तयार गर्ने गरेको देखिएको उनकाे भनाई छ । विज्ञहरुको सुझाव र रातु नदी खण्डमा देखिएको अव्यवहारिक उत्त्खननले यतिवेला बर्दिवास आन्दोलित भएको छ ।

सामाजिक संजालवाट नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीका विरुद्ध बाक्लै टिपणी सुरु भएका छन भने स्थानीय राजनीति दलले त उत्त्खनन रोक्न सामुहिक बिज्ञप्ति नै जारी गरेका छन् । ८ राजनीति दलहरुले उत्त्खननको दिर्घकालिन समस्या सावधानको लागी सरोकारवालाहरुलाई ज्ञापनपत्र बुझाई सकेका छन् भने अन्य रणनीति समेत बनाउदै गरेको नेपाली कांग्रेसका नेता चिरिन्जीवी हमालले जानकारी दिए ।

माओवादी केन्द्रका नेता राजु खड्काले उत्त्खनन ब्यवस्थित र बैज्ञानिक नबनेसम्म यसलाई आन्दोलनकोरुपमा अगाडी बढाउने बताए । त्यस्तै पानीको बिकराल समस्या खडा भएको भन्दै नेकपा एमालेका नेता शंकर महतोले पर्यावरण जोगाउन जस्तोसुकै कदम चाल्न पनि पछी नपर्ने प्रतिबद्दता जनाए ।

यता नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने रातु नदी उत्त्खनन मापदण्डअनुसार नै गरेको दावी गरेका छन् । आफु जहिल्यै पर्यावरणको पक्षमा रहेको जिकिर गर्दै बहिर प्रचार गरेजस्तो नभएको उनको भनाई छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै