• २०८१ बैशाख १७ सोमबार

आगोले जलेर शिशुको मृत्यु

kharibot

खलङ्गा (दार्चुला)।  दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । 

नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द  भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुदाँ उनको चार महिनाका छोरा विजयको मृत्यु भएको हो ।

विद्युत चुहावट भएर टमटाको घरमा आगलागी भएको हो । उनको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । 

प्रहरी र स्थानीयले आगो निभाएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै