• २०८१ बैशाख १७ सोमबार

धनगढीबाट बैंक ह्याक गर्ने गिरोह पक्राउ

kharibot

धनगढी । बैंक ह्याक गर्ने गिरोहलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ। 

धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंक नजिक कार्यालयनै व्यवस्थापन गरि बैंक ह्याक गर्ने टोलीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

प्रदेश अपराध अनुसन्धानको टोलीको लामो अनुसन्धानपछि बुधबार कैलाली प्रहरीको सहयोगमा पक्राउ गरिएको जनाइएको छ। पक्राउ पर्नेहरूको परिचय खुलाइएको छैन ।

प्रहरी सहायक निरीक्षक अनिल विष्टले लामो अनुसन्धानपछि गिरोहलाई पक्राउ गर्न सफल भएको बताए। पक्राउ परेका व्यक्तिहरुबाट १० वटा ल्यापटप बरामद गरिएको उनले बताए । उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै