• २०८१ जेठ ६ आइतबार

देवचुलीमा जीप दुर्घटना हुदा ६ जनाको मृत्यु

kharibot

तस्बिरः विष्णुप्रसाद गौडेल / रासस

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा जीप दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ । देवचुली नगरपालिका-९ स्थित गोरे घुम्तिमा आइतबार जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान साढे ११ बजे जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख देवबहादुर पौडेलले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए ।

मृतकमध्ये ३ जना महिला र ३ पुरुष रहेका छन् । वौदिकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतकको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार जीपको ब्रेक फेल भएका कारणले दुर्घटना भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै