• २०८१ जेठ ५ शनिबार

एन्फाको बिशेष साधारणसभा आज, अध्यक्षविरुद्धको अविश्वासको प्रस्ताव बारे निर्णय हुने

kharibot

हेटौंडा । प्रहरीको सुरक्षा घेरा भित्र अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा सुरु हुदैँछ । अहिले बिहान १० बजेदेखी हेटौँडामा विशेष साधारणसभा सुरु हुन लागेको हो ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध यसअघि गरिएको अविश्वासको प्रस्ताव निर्णायक रुपमा पेश गर्ने अजेन्डा रहेको जनाईएको छ ।

साधारणसभा स्थल हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेस बाहिर अत्याधिक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखे पछि एन्फाको बिबाद चरम सिमामा पुगेको छ ।   एन्फाको नेतृत्वमा रहेका कुल १०५ सदस्य मध्ये साधारणसभामा ८६ सदस्यले मात्रै आज हुने अविश्वासको प्रस्ताव पेश भए पछि मताधिकार प्रयोग गर्न पाउने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै