• २०८१ बैशाख १५ शनिबार

तालिबानद्वारा अफगानीलाई पाकिस्तान छोड्ने समय बढाउन माग

kharibot

काबुल । निर्वासनको डरले भागिरहेका हजारौँ मानिसको सङ्ख्याका कारण सीमा चौकीहरूमा दबाब बढेको भन्दै अफगानिस्तानको तालिबान सरकारले बुधबार कागजातविहीन अफगानीहरूलाई पाकिस्तानबाट निकाल्न पाकिस्तानसँग थप समय दिन आग्रह गरेको छ । 

पाकिस्तान सरकारले आफ्नो मुलुकमा अवैधरूपमा बसेका १७ लाख अफगानीहरूलाई नोभेम्बर १ सम्ममा स्वेच्छाले मुलुक छोड्न वा जबरजस्ती हटाउने समय दिएको थियो । 

तोर्खाम र चमन सहरका सीमा अधिकारीरूका अनुसार अक्टोबरको सुरुमा आदेश दिइएपछि एक लाख ३० हजारभन्दा बढी अफगानीले पाकिस्तान छोडेका छन् । जसबाट सीमाको दुवैतिर अवरोध सिर्जना भएको छ । 

दशकौँको सङ्घर्षका क्रममा आफ्नो देशबाट भागेका लाखौँ अफगानीको आतिथ्यता गर्ने पाकिस्तान र अन्य मुलुकलाई तालिबान अधिकारीहरूले धन्यवाद दिएका छन् । अधिकारीहरूले एक विज्ञप्तिमा थोरै सूचना दिएर उनीहरूलाई निर्वासन नगर्न र तयारी गर्न समय दिन आग्रह गरेका छन् ।  

सन् २०२१ मा सत्ता सम्हालेपछि तालिबान सरकारले अफगानीहरूलाई स्वदेश फर्कन आग्रह गरेको छ । तर उसले पाकिस्तान सरकारको कार्यको निन्दा गर्दै इस्लामाबाद र काबुलबीचको तनावका लागि नागरिकहरूलाई सजाय दिइरहेको बताएको छ । तालिबान सरकारले अफगानीहरूको प्रस्थानका लागि थप समय दिन आग्रह गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै