• २०८१ बैशाख १५ शनिबार

सिरहाबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई युवक पक्राउ

kharibot

सिरहा । सिरहा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । विभिन्न प्रकारका एक हजार ४७५ एम्पुल प्रतिबन्धित लागुऔषधसहित पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार–४ बाट लहान नगरपालिका–२० हरिनगराका ३५ वर्षीय  रामानन्द दास र लहान–२१ का २१ वर्षीय अर्जुनकुमार रामलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । 

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुनिल कार्कीको कमाण्डमा लागुऔषध नियन्त्रण ब्यूरो गोलबजारसमेतको टोलीले गोलबजार–४ लोकमार्गमा चेकप्वाईन्ट थापी चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको बा. ६३ प ९१९६ नम्बरको मोटरसाइकल पछाडि सवार रामानन्द दासको साथबाट उक्त प्रतिबन्धित लागुऔषधसहित तीनथान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ। 

गोप्य सूचनाको आधारमा प्रहरीले प्रोमेट्साजिन हाइड्रोक्लोरिड २ एमएल चारसय ८७ एम्पुल, डाईजिपाम चार सय ९८ एम्पुल र बुप्रोनोरफिन चार सय ९० एम्वुल सहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी  रबिन्द्र राज पाण्डेले जानकारी दिए।

पक्राउ परेका दुबैजनालाई म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय