• २०८१ बैशाख १७ सोमबार

सुरक्षा परिषद्को आपतकालीन बैठक, उत्तर कोरियाको मिसाइल परीक्षण बारे छलफल हुने 

kharibot

फाइल तस्बिर

उत्तर कोरियाले जापानको भुमि माथि हुदै मिसाइल परिक्षण गरेपछि संयुक्त  राष्ट्र संघले सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको छ ।

बैठक अगाडी संयुक्त राष्ट्र संघका महासचिव एन्टोनीयो गुटेरेशले उत्तर कोरियाको मिसाइल परीक्षणले जापानको सुरक्षालाई चुनौती दिएको बताएका छन् ।

संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदुत निकी हेलीले उत्तर कोरियालाई गम्भीर कारवाही हुनुपर्ने बताइन ।
हेलीले जापानमा १३ करोड मानिस बस्छन, कोहि पनि व्यक्तिको माथिबाट मिसाइल जानु हुदैन भन्दै अब अति नै भएको बताइन ।

मंगलबार बिहान उत्तर कोरियाले छोडेको मिसाइलले जापानको आकाश हुदै करिब ३ हजार किलोमिटरको दुरी तय गर्दै जापानको होकाइडो द्विपको माथि हुदै समुन्द्रमा गएर खसेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले संयुक्त राष्ट्र संघ र छिमेकी देशको अपमान गरेको भन्दै उत्तर कोरियाले दुनियालाई दिएको सन्देश प्रष्ट भएको बताएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै