• २०८१ बैशाख १७ सोमबार

अबको निशाना अमेरिका – उत्तर कोरिया 

kharibot

उत्तर कोरियाले अबको आफ्नो निशाना अमेरिका रहेको चेतावनी दिएको छ ।

मंगलबार जापानको जमिनमाथिबाट मिसाइल प्रहार गरेपछि प्रतिक्रिया दिदै उत्तर कोरियाले यो प्रशान्त महासागरमा आफ्नो सैन्य कारवाहीको पहिलो चरण रहेको बताएको हो । 

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जापानमाथिबाट मिसाइल प्रहार गर्नु आफ्नो देशको प्रशान्त महासागरको सैन्य कारवाही अभियानको पहिलो चरण रहेको चेतावनी दिदै अबको निशाना अमेरिका नियन्त्रित टापू गुआम रहेको बताएको छ ।

यो सँगै कोरियाली प्रायद्विपमा तनाव बढ्ने संकेत बढेको छ । मंगलबारको मिसाइल परीक्षण पछि संयुक्त राष्ट्र संघले सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले के गर्न चाहेको छ त्यो स्पष्ट सन्देश दिएको बताएका छन् ।  उनले छिमेकी राष्ट्र र संयुक्त राष्ट्रसंघको अपमान गरेको भन्दै उत्तर कोरियाको विषयमा सबै विकल्प खुल्ला रहेको उल्लेख गरेका थिए ।

जापानमाथिको मिसाइल आक्रमणबाट नेता किम निकै उत्साहित रहेको प्योङयाङमा रहेका उत्तर कोरियाका अधिकारीलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै