• २०८१ बैशाख १७ सोमबार

जापानको आकाशमाथि उत्तर कोरियाको मिसाइल, तनाव बढ्ने संकेत 

kharibot

उत्तर कोरियाले फेरी मिसाइल परीक्षण गरेको छ । जापान सरकारले उत्तरी जापानको माथिबाट उडेको मिसाइल समुद्रमा गएर खसेको बताएको बिबिसीले जनाएको छ । पछिल्लो मिसाइल परीक्षण पछि उत्तर कोरियासँग तनाव बढ्ने संकेत देखिएको छ ।

जापानको स्थानीय समय अनुसार मंगलबार बिहान सो मिसाइल छोडिएको थियो । मिसाइलले उत्तरी जापानको होकाइडो द्विपमा करिब ३ हजार किलोमिटर दुरी तय गरेको बताइएको छ ।

जापानका स्थानीय मिडियाले मिसाइल समुन्द्रमा खस्नु अघि तीन टुक्रा भएको उल्लेख गरेका छन् । मिसाइल खसेको नजिकको इलाकामा साइरन बजाएर बासिन्दाहरुलाई अलर्ट जारी गरेको जापानी मिडियाहरुले उल्लेख गरेका छन् ।

जापानी प्रधानमन्त्री सिन्जो अबेले जापानका लागि यो ठुलो ‘थ्रेट’ भएको बताएका छन् । जापानका मन्त्रिमन्डलका सचिव योशीहिन्देले आकस्मिक पत्रकार सम्मेलन गरी अहिलेसम्म मिसाइलबाट कुनै पानी जहाज अन्य केहीमा कुनै नोक्सान भएको खबर नभएको बताएका छन् ।  

उत्तर कोरियाले छोडेको पछिल्ला मिसाइलहरुमा जापानको आकाश माथि छोडेको सन् १९९८ पछि पहिलो पटक हो । उत्तर कोरियाले सन् २०१७ मा परीक्षण गरेको यो १२औ मिसाइल परीक्षण हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै