• २०८१ बैशाख १७ सोमबार

उत्तर कोरियाले बनायो शक्तिशाली परमाणु बम 

kharibot

उत्तर कोरियाले ब्यालेष्टिक मिसाइलमा प्रयोग गरिने शक्तिशाली परमाणु बम बिकास गरेको जनाएको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सीले राष्ट्रपति किम जोग उनले बम निरिक्षण गर्दै गरेको तस्बिर सार्वजनिक गरेको छ ।

स्वतन्त्ररुपमा उत्तर कोरियाको यो दाबि पुष्टि नभएपनि पछिल्लो समय अमेरिका र उत्तरकोरियाबीचको तनावलाई भने यस रिपोर्टले थप बढावा दिने भएको छ ।

अन्तर्राष्ट्रिय विशेषज्ञहरुले उत्तर कोरियाले आफ्नो हतियार क्षमतालाई निकै अगाडी बढाएको बताएका छन् । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार नेता किमले परमाणु हतियार इन्स्टिच्युटका बैज्ञानिकहरुलाई भेटेर अझै हतियार विकास गर्न निदेशन दिएको उल्लेख गरेको छ । रिपोर्टमा उत्तर कोरियाले हालै अत्याधिक उन्नत परमाणु बम बनाएको बताइएको छ ।

यो एक किसिमको बहुउद्देश्यीय थर्मो न्युक्लियर परमाणु बम हो जो सँग अत्यधिक बिनास गर्ने शक्ति रहेको र यसलाई निकै उचाइमा पनि बलाष्ट गर्न सकिने बताइएको छ  ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै