• २०८१ बैशाख १९ बुधबार

सुदुरपश्चिमको भुकम्पप्रति पुर्वराजाको चिन्ता

kharibot

काठमाडौ ।  पुर्ब राजा ज्ञानेन्द्र शाहले सुदुरपश्चिम प्रदेशमा हिजो गएको भुकम्प प्रति चिन्ता ब्यक्त गरेका छन् ।

बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर आएको शक्तिशाली भुकम्पका कारण सुदुरपश्चिम क्षेत्रका बिभिन्न जिल्लामा ठुलो क्षती पुगेको र जनसाधारण त्रासदीमा परेको खबर सुन्दा गहिरो दुःख लागेका पुर्व राजा शाहले जनाएका छन् ।

‘ठुलो भुकम्प पछि उत्पन्न पराकम्पको क्रम चलिरहेको यो अवस्थामा त्यहाँ पुर्ण सर्तकता आवाश्यक रहेको हाम्रो धारणा छ,’ पुर्व राजाको सम्बाद सचिावलयले भनेको छ । सचिवालयका अनुसार भुकम्पवाट घाइतेहरुको शिघ्र उपचार तथा क्षतिवाट प्रभाबित घर परिवारको राहात निमार्णतर्फ तत्काल सबन्धित सबैको ध्यान पुगोस भन्ने पुर्व राजाले आग्रह गरेका छन्  । 

मंगलबार अपराहन्नदेखि सुदूरपश्चिममा लगातार भूकम्प आइरहेको छ ।  मंगलबार मात्र ४ रेक्टर स्केलभन्दा बाढीका सात भूकम्प आएका थिए भने गएराती दुई भूकम्प आएका थिए ।  त्यस बाहेक स-साना कैयौं पराकम्प आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भूकम्पबाट एकको मृत्यु, एक बेपत्ता र दर्जनौं घाइते भएका छन् भने सयभन्दा बढी घर भत्किएका छन् ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै