• २०८१ बैशाख १८ मंगलबार

खाना पकाउने ग्याससहित इन्धनको बढेको मुल्य फिर्ता

kharibot

काठमाडौ । नेपाल आयल निगमले आजदेखि लागु हुने गरि वृद्धि गराएको खाना पकाउने ग्याससहित इन्धनको बढाएको मुल्य फिर्ता लिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदकोप बैठकलाई सम्बोधन गर्दै निगमले बढेको मुल्य फिर्ता गर्ने निर्णय गरिसकेको जानकारी गराएका हुन् ।

निगमले आइतबारदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास र हवाइ इन्धनको मुल्य बढाएको थियो ।

निगमले पेट्रोल लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६-६ रूपैयाँ बढाएको थियो भनेर खाना पकाउने ग्यासमा  प्रतिसिलिन्डर २१५ रूपैयाँ बढाएको थियो ।

त्यस्तै हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा ८ रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ६० डलर (प्रतिलिटर करिब ८ रूपैयाँ) बढाएको थियो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै